नेकपा स्थायी कमिटिको बैठक आज पनि, शिर्ष नेताको छुट्टै भेला



काठमाडौं । नेकपा स्थायी कमिटिको वैठक आज पनि प्रधानमन्त्री निवास वालुवाटारमा वस्दैछ । आज वस्न लागेको वैठकमा रणनीति तय गर्नका लागि अध्यक्ष प्रचण्डले आज बिहान स्थायी कमिटिका सबै सदस्यलाई आफ्नो निवास खुमलटार बोलाउनु भएको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल निकट स्थायी समिति सदस्यहरू ललितपुरको एक होटलमा भेला भएका छन् । वैठकमा उपाध्यक्ष बामदेव गौतम, वरिष्ठ नेता झलनाथ खनाल, गृहमन्त्री रामबहादुर थापा लगायत भेलामा उपस्थित छन् ।

यसअघि हिजो बसेको स्थायी समिति वैठकमा बोल्ने नेताहरुले पनि प्रधानमन्त्री ओलीले पद त्याग गरेर मार्ग प्रशस्त गर्नुपर्ने माग गरेका थिए । सत्तारुढ दल नेकपाको स्थायी समिति वैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजिनामा दिनुपर्ने विषय पेचिलो बनिरहेको बेला दुवै पक्ष रणनीति बनाउन जुटेका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्