संसद अधिवेशन स्थगित गर्ने मन्त्रिपरिषदको निर्णय



काठमाण्डौँ, असार १८
मन्त्रिपरिषदको बैठकले बजेट अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ।

बालुवाटारमा बोलाइएको आकस्मिक मन्त्रिपरिषदको बैठकले बजेट अधिवेश स्थगित गर्ने निर्णय गरेको हो।

बैठक अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शितल निवास पुगेर भेटेका थिए।

आगामी सोमबारका लागि बैठक बोलाइएको थियो। तर, मन्त्रिपरिषदले बजेट अधिवेशन नै स्थगित गर्ने निर्णय गरेकाे शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताए। मन्त्रिपरिषदको बैठक सकिए पछि नेकपाको स्थायी कमिटी शुरु भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्