प्रधानमन्त्री स्थायी कमिटी बैठकमा नआएपछि चार नेता छलफलमा



काठमाण्डौँ, असार १८
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली बैठक नआएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल सहित नेताहरु छलफलमा जुटेका छन्।

कार्यकारी अध्यक्ष दाहाल, बरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव बिष्णुप्रसाद पौडेल छलफलमा जुटेको एक नेताले बताए।

आकस्मिक मन्त्रिपरिषदको बैठकबाट बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि प्रधानमन्त्री ओली स्थायी कमिटी बैठकमा आएका छैनन्।

प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किए लगत्तै संसद बैठक अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेका थिए।

मंगलबार नै एघार बजे स्थायी कमिटी बैठक बोलाइएको थियो। तर, १२ बजे प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्