बिपन्न परिवारको आय-आर्जन वृद्वि गर्न निशुल्क फलफुलका बिरुवा वितरण



टेकबहादुर पुन,दाङ्ग /२१ असार
लमहीमा स्थानिय बासिन्दाको आय आर्जन स्तररोन्नती गर्न फलफुलका बिरुवा निशुल्क बितरण गरिएको छ ।

लमही नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयले वडा अन्तरगतका स्थानिय हरुलाई आँप र लिचिको २ हजार बिरुवा निशुल्क बितरण गरेको हो । वडालाई फलफुल युक्त हराभरा बनाउन र स्थानियको आर्थिक आय आर्जनमा टेवा पुर्याउने उद्देश्यले फलफुलका बिरुवा निशुल्क बितरण गरिएको वडाध्यक्ष मोहन गिरिले जनाकारी दिनु भयो ।

आर्थिक बर्ष २०७६/०७७ को १ लाख ८० हजार रकम खर्च गरेर बिरुवा बितरण गरिएको हो । वडा अन्तरगतका बिपन्न तथा अति बिपन्नको आय आर्जनमा बृद्दी गर्न आबस्यक्ता अनुसारको बिरुवा बितरण गरिएको हो । वडा अन्तरगतका प्रत्यक टोल बिकाश सँस्था मार्फत १ सय बोट आँप र ४० बोट लिच्ची गरि २ हजार बिरुवा बितरण गरिएको वडाध्यक्ष गिरीले बताउनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्