असार २५ पछि नदीको बहाव बढ्ने : मौसम विभाग



काठमाडौँ / असार २२
जल तथा मौसम विज्ञान विभागले यही असार २५ पछि मुलुकभरका नदीनालामा पानीको बहाव बढ्ने जनाएको छ । विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा अर्चना श्रेष्ठका अनुसार मौसम सक्रिय रहेकाले धेरैजसो स्थानमा पानी पर्ने तथा कतै भारी वर्षा हुने देखिएको छ ।

असार २६ देखि २९ गतेसम्म कन्काइ, कोशी, कमला, वाग्मती, नारायणी र यसका सहायक नदीमा पानीको बहाव बढ्ने विभागले जनाएको छ । यस्तै प्रदेश नं १ र २, वाग्मती तथा त्यस आसपासका चुरे तथा तराईबाट बग्ने सबै नदीमा बहावले सतर्कता तह पार गरी केही स्थानमा खतराको तहसम्म पुग्ने सम्भावना रहेको छ ।

यस्तै सात वटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी पानी परेको छ । छब्बीस केन्द्रमा २५ मिलिमिटर, ५२ केन्द्रमा १० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको जनाइएको छ । पछिल्लो चौबिस घण्टामा २४ विपद्का घटना भएको प्राधिकरणले जनाएको छ । अहिले असारमा आधारित पूर्वसूचना प्रणाली अपनाइएकाले शुरुमै कुनकुन क्षेत्रमा असर गर्नसक्छ भन्ने कुरा सार्वजनिकरुपमा जानकारी दिन थालिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्