युवा तथा खेलकुद मन्त्रालयद्वारा ४ खेल पत्रकार सहित १० पत्रकार सम्मानित



काठमाडौं / २२ असार
सोमबार ४ खेल पत्रकारसहित १० पत्रकारलाई युवा तथा खेलकुद मन्त्रालयले सोमबार सम्मान गरेको छ । सम्मानित हुने खेल पत्रकारमा अन्नपूर्ण पोष्टका रोशनकुमार सिंह, कान्तिपुर दैनिकका ध्रुवकुमार तुलाधर, नेपाल टेलिभिजनकी प्रियालक्ष्मी कार्की र पोखराका केशव पठाक रहेका छन् ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) र सचिव रामप्रसाद थपलियाले उनीहरुलाई प्रशंसा पत्र र नगद ५० हजार रुपैयाँ प्रदान गरी सम्मान गर्नुभएको हो । पठाक पोखरामा भएका कारण कार्यक्रममा उपस्थित भएनन् ।

सोही अवसरामा विभिन्न सञ्चारमाध्यमका ६ युवा पत्रकारलाई पनि प्रशंसा पत्र र नगद ५० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्