‘ई’ समुहले तोडे अनशन, सरकारसँग भयो यस्तो सहमती (पत्रसहित)



काठमाण्डौँ, असार २३
कोरोना रोकथाममा सरकारसँग विभिन्न मागहरु राख्दै असार १२ गतेबाट अनशनरत ‘इनफ इज इनफ’ का अभिन्याताहरु ईशान अधिकारी ‘ई’ र पुकार बमले अनशन तोडेका छन् ।

सोमवार सरकारसँग १२ बुँदे मागमा सहमती भएसँगै मंगलवार बिहान ह्याम्स अस्पताल परिसरबाटै अनशन तोडेका हुन् ।

उनीहले पीसीआर परीक्षणको दायरा बढाउन तथा कोरोना रोकथाममा प्रभावकारी कदम चाल्नुपर्ने माग राख्दै आएका आएका थिए ।

१२ दिनअघि पाटन दरबार स्क्वायरमा अनशनरत उनीहरुको स्वास्थ्य अवस्थामा समस्या आएसँगै दुवै अनसनकारीलाई ह्याम्समा भर्ना गरिएको थियो ।

उनीहरुले अभियानका तर्फबाट बिहीबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग विभिन्न माग राखेका थिए ।

सरकारपक्ष र अनशनरत पक्षबीच सोमबार भएको वार्तामा भने दुवै पक्षबीच १२ बुँदे सहमति भएसँगै उनीहरुले अनशन तोडेका हुन् ।

उक्त सहमति पत्रमा अभियानका तर्फबाट ‘ई’ र बम तथा स्वास्थ्य मन्त्रालयका तर्फबाट डाक्टर रोशन पोखरेल र डाक्टर समिरकुमार अधिकारीले हस्ताक्षर गरेका छन् ।

यसअघि उनीहरुलाई अनशन स्थल पाटनमा भेट्न नेपाली कांग्रेसका सांसद गगन थापा, कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराई लगायतले भेटेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्