आज देशका विभिन्न ठाउँमा दिउँसो र राति अधिक वर्षाको सम्भावना



काठमाडौं / असार २४
अहिले (बुधबार बिहान) देशको बिभिन्न ठाउँमा पूर्ण बदली रही थोरै स्थानमा मेगगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बाँकी क्षेत्रमा भने मौसम आंशिक बदली भएको महाशाखाले बुधबार बिाहन जारी गरेको बुलेटिनमा उल्लेख छ।

महाशाखाका अनुसार आज दिउँसो मुलुकका धेरै स्थानमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। सुदूरपश्चिम, ५ नम्बर, गण्डकी, बागमती, २ नम्बर र १ नम्बर प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

यसैगरी राति पनि प्रदेश ५, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का धेरैजसो तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित बर्षाको संभावना रहेको छ । आगामी २४ घण्टाका लागि महाशाखाले चेतावनी तथा परामर्श जारी गरेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्