धमाधम फर्कंदै नेपाली, आज ११ अन्तर्राष्ट्रिय उडान हुने



काठमाण्डौ । विदेशमा हलपत्र नेपाली धमाधम फर्कंदै छन् । आज नेपाली ल्याउन र लिन जानका लागि ११ वटा अन्तर्राष्ट्रिय उडान हुने भएको छ ।

खाडीका देश र मलेसियाबाट विभिन्न पाँच उडानमार्फत नेपाली फर्कने उडान तालिका रहेका छ । यूएई र कतारको दोहाबाट केही समयअघि नेपाली लिएर आएको जहाज काठमाण्डौमा अवतरण गरेको छ ।

आज कतारको दोहाबाट मात्रै तीन उडानमार्फत नेपाली फर्कने तालिका रहेको विमानस्थलले उल्लेख गरेको छ ।

बुधबार हिमालय एअरलाइन्स, नेपाल एअरलाइन्स र कतार एअरवेज नेपाली लिएर आउनेछन् । हिमालय एअरलाइन्समार्फत मलेसियाको क्लालाम्पुरबाट नेपाली स्वदेश फर्कंदै छन् । आज साउदी, यूएई, मलेसिया लगायतका देशमा नेपाली लिन जहाज जाँदैछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्