अष्ट्रेलियामा फेरि लकडाउन , ४५ दिनका लागि घोषणा



काठमाडौं । अष्ट्रेलियाको मेलबर्न र भिक्टोरिया राज्यमा कोरोना भाइरस संक्रमितहरु धमाधम थपिन थालेपछि मेलबर्नमा आजैदेखि लागू हुनेगरी आगामी ४५ दिनका लागि लकडाउनको घोषणा गरिएको छ ।

अष्ट्रेलियामा घोषणा गरिएको यो तेस्रो चरणको लकडाउन हो । मेलबर्नमा विगत तीन सातादेखि कोरोना संक्रमितको संख्या लगातार बढ््रदै गएपछि त्यहाँ लकडाउनको घोषणा गरिको हो ।

मेलबर्नमा कोरोना संक्रमित वढ्रदै गएपछि साबधानी अपनाउन मेलबर्नका रेष्टुराँ, बजार, होटल ब्यबसाय पुन बन्द गरिएको हो ।यसअघि कोरोना संक्रमणमा केही हदसम्म कमी आएपछि लकडाउन फुकुवा गरिएको थियो ।

यद्दपी सामाजिक दुरी कायम नगरी बजार क्षेत्रमा मानिसको चहलपहल वढेपछि संक्रमितको संख्या बढ्दै गएको हो ।यो लकडाउन घोषणासँगै भिक्टोरिया राज्यमा बस्ने करिब ५० लाख मानिस पुनः लकडाउन पालना गर्न बाध्य भएका छन् ।

लकडाउन अवधिभर तोकिएको समयमा मात्रै खाद्यान्न र अत्यावश्यक सामान किन्न पाउने नियम लागू गरिएको छ ।त्यसैगरी रेस्टुराँ र क्याफेहरूले खानेकुराहरुको प्याकिङ सिस्टम लागू गर्नुपर्नेछ । अत्याबशिकिय सवारीसाधनको हकमा भने अनुमति पत्र लिनुपर्ने प्रावधान लागू गरिएको छ ।

अनुमति–पत्रका लागि आवेदन दिँदा झुठो विवरण पेश गरिएको खण्डमा चार हजार अस्ट्रेलियन डलरसम्म जरिवाना तिर्नुपर्ने नियम पनि लागू गरिएको छ । अस्ट्रेलियामा हालसम्म ८ हजार ८ सय बढी संक्रमित छन् भने मृतकको संख्या १ सय ६ पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्