स्थानीयबासीकाे हातमा चितल, चितलकाे शरीरमा गाेली (फोटोफिचर)



तुलसीपुर / २७ असार
तुलसीपुर उपमहानगरपालिका 3 दमारगाउ स्थित नमुना महिला सामुदायिक वन क्षेत्र भित्र पर्ने गाउँमा बुधबार भाले प्रजातीकाे चितल भेटिएको छ । कुकुरले लखेटी पछाडिको भागमा टाेकि रहेकाे अबस्थामा स्थानीयबासीहरुले देखेपछि साे चितललाई सबै मिलेर समाएकाे स्थानीयबासीहरुले बताएका छन्।

चितललाई गाेली लागेकाे पशु सेवा कार्यालय तुलसीपुरका पशु डाक्टर नवराज रेग्मीलाई उदृत गर्दै राप्ती शान्ति उधयान गणेश पार्कका अध्यक्ष डिल्ली भण्डारीले जनाएका थिए तर गाेली कसले चलाएकाे र कहिले, कहाँ चलाएकाे र कुन गाेली चलेकाे खुल्न बाँकीरहेकाे अध्यक्ष भण्डारीले बताएका छन् । साे चितललाई स्थानीयबासीहरुले समाएपछि अस्थाई प्रहरी पाेष्ट कार्यालयका प्रमुख प्रदीप खड्कालाई जानकारी गराए ।

अस्थाई प्रहरी पाेष्ट कार्यालयका प्रमुख प्रदीप खड्काले साे चितललाई सुरक्षा दिदै जिल्ला वन डिभिजन कार्यालय दाङकाे अादेश अनुसार सब डिभिजन कार्यालय तुलसीपुरका रेञ्जर सरजन वली र वन रक्षक तुलसीराम बस्याललाई नमुना महिला सामुदायिक वनकी अध्यक्ष रक्षा काफले (खडका) अणु र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बिर बहादुर बिक (बिजय) ले सम्पूर्ण स्थानीयबासीहरु, अस्थायी प्रहरी पाेष्ट बेलुवाका ईञ्चार्ज प्रदिप खडका, पत्रकारहरुकाे राेहबरमा हस्तान्तरण गर्नुभएको थियाे ।

साे चितललाई जिल्ला वन डिभिजन कार्यालय दाङले श्री राप्ती शान्ति उधयान गणेश पार्कका अध्यक्ष डिल्ली भण्डारीलाई हस्तान्तरण गरेकाे थियाे । श्री राप्ती शान्ति उधयान गणेश पार्कका अध्यक्ष डिल्ली भण्डारीले साे चितललाई पशु सेवा कार्यालय तुलसीपुर दाङमा उपचार गरि श्री राप्ती शान्ति उधयान गणेश पार्कमा लगेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्