लकडाउनमा २६ हजार बढी नेपाली स्वदेश फर्किए,आजबाट यो सेवा बन्द



काठमाडौं । कोरोना भाइरस कोभिड १९ का कारण विदेशमा अलपत्र परेका २६ हजार भन्दा बढी नेपाली स्वदेश फर्किएका छन् ।

कोरोनाका कारण विदेशी भूमिमा अलपत्र परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका २६ हजार ३ सय ९६ जना नेपाली स्वदेश फर्किएका हुन् । कुटनीतिक निकाय र गैरआवासीय नेपाली संघको पहलमा सरकारले २३ मुलुकबाट नेपाली फिर्ता ल्याएको हो ।

स्वदेश फर्किएकामध्ये झण्डै ७५ प्रतिशत वैदेशिक रोजगारीमा गएका रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरु बताउँछन् । आजबाट भने बिदेशमा रहेका नेपालीहरुको उद्धार नगरिने भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्