नेपालमा बन्द आन्तरिक उडान खोल्ने पूर्वतयारी सुरु



काठमाडौं / २९ असार।
सरकारले सार्वजनिक यातायातका सवारीसाधन चलाउन दिने निर्णय गरेपछि अब आन्तरिक हवाई उडानमा लगाइएको प्रतिबन्ध अन्तिम चरणमा आइपुगेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आन्तरिक हवाई उडान खोल्ने तयारी भइरहेको जानकारी दिनु भयो।

आन्तरिक उडान खोल्ने पूर्वतयारी सुरु गरेका र विमानस्थलनमा दूरी राख्ने, स्यानिटाइज गर्ने व्यवस्था गरेको पनि बताउनु भयो। यात्रु र विमान सेवा कम्पनीले पालना गर्नुपर्ने प्रोटोकल तयार गरेर दिइसकेको पनि जानकारी दिनु भयो।

चैत ११ देखि बन्द भएको उडानमा साउन ६ गतेसम्म रोक लगाइएको छ । प्रतिबन्ध थपिने निश्चितजस्तै देखिएको छ।

विमान सेवा कम्पनीहरूले सरकारले खुला गर्नेबित्तिकै उडान सुरु गर्न सक्ने अवस्थामा रहेको विमान सेवा कम्पनीहरूको भनाई छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्