छोरी जन्माउनेलाई पालीकाले बैंक ब्यालेन्स गरिदिने



अमृत भट्टराई , बिहादीर पर्वत । गुल्मीको कालीगण्डकी गाउँपालिकाले छोरी जन्मियमा रु ५ हजार प्रोत्साहन स्वरूप प्रदान गर्ने भएको छ। गाउँपालिकाले गाउँ सभा बाट यो नयाँ नीति तथा कार्यक्रममा कालीगण्डकी गाउँपालिकामा छोरी जन्मिँदा प्रोत्साहन स्वरुप रु ५ हजार दिने निर्णय गरेको हो ।

अझै पनि समाजमा छोरी जन्मिँदा दुखी हुनेहरूको कमी नरहेको भन्दै कालीगण्डकी गाउँपालिका कि उपाध्यक्ष तारा थापाले छोरा छोरी दुवै बराबरी हुन भन्ने चेतना समाजमा विकास गर्न गाउँपालिकाले थप नयाँ कार्यक्रम समेत संचालन गर्ने गाउँ सभामा बताउनुभयो ।

थापाले भन्नुभयो छोरी लक्ष्मीको रूप भएकाले छोरी जन्मिँदा झनै खुशी हुनुपर्छ छोरीले आज देश नै सञ्चालन गरिरहेको बेला छोरीलाई घृणा होइन माया गरेर राख्न पर्ने बताउनु भयो ।

कालीगण्डकी गाउँपालिका ले गएको ७६र७७ को निति तथा कार्यक्रममा एक घर एक करेसा वारि कार्यक्रम लिआएको थियो त्यो कार्यक्रम निकै प्रभावकारी बनेको गाउँपालीका अध्यक्ष बेद थापा मगरले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्