भोलिदेखि साझा यातायातले काठमाडौँ उपत्यकाका ९ रुटमा २६ वटा बस चलाउने



काठमाडौं / ३१ असार।
भोलीदेखि काठमाडौँ उपत्यकामा साझा यातायातले बस सञ्चालन गराउने भएको छ ।

साउन १ गतेदेखि साझा यातायातले काठमाडौं उपत्यकाको ९ रुटमा २६ वटाबस सञ्चालन निर्णय गरेको हो ।

साझा बस चल्ने रुट लगनखेल, रत्नपार्क, टिचिङ हुँदै नयाँ बसपार्क लगनखेल, रत्नपार्क, टिचिङ हुँदै बूढानीलकण्ठ गोदावरी, लगनखेल हुँदै रत्नपार्क लामाटार, लगनखेल हुँदै रत्नपार्क लगनखेल, सातदोबाटो, कलंकी हुँदै थानकोट लगनखेल, नयाँ बानेश्वर, चाबहिल हुँदै नयाँ बसपार्क रत्नपार्क, कलंकी, स्वयम्भू हुँदै बालाजु रत्नपार्क, नयाँ बानेश्वर, कोटेश्वर हुँदै सूर्यविनायक रहेको छ ।

पहिलो चरणमा २६ वटा बस सञ्चालन गर्ने र यात्रुको चाप बढ्दै गए अरू बस पनि थपिने साझा यातायातका प्रवक्ता महेन्द्र राज पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार बसमा सवार गर्ने यात्रुले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्