काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका इञ्जिनियर मिलन अधिकारी एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।
उनलाई पोखरास्थित अख्यितार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पोखराबाट बुधबार ९हिजो० साँझ रंगेहात पक्राउ गरेको हो ।
ढोरपाटन नगरपालिकाको एक विकासे आयोजनाका उपभोक्ता समितिका पदाधिकारीसँग घुस लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको आयोगको पोखरा कार्यालयका प्रवक्ता मेघनाथ रिजालले बताए ।
अधिकारी लामो समयदेखि पोखरामा बस्दै आएका थिए । घुस रकम लिन सेवाग्राहीलाई अधिकारीले असार मसान्तको बहानामा पोखरा बोलाएको श्रोतले बताएको छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।