खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु



काठमाडौं । महोत्तरीमा खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको ज्यान गएको छ। ज्यान जानेमा जिल्लाको भंगहा नगरपालिका–६ स्थित मजरा टोल निवासी रमदुला अन्सारीकी ७ वर्षीया छोरी जयनब खातुन र नइम अन्सारीकी ५ वर्षीया छोरी सहनाज खातुन रहेको प्रहरीले जनाएको छ।

खाल्डोमा जमेको वर्षाको पानीमा नुहाउने क्रममा दुबै बालिकाको मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश सिवाकोटीले बताए।

मृत्यु भएका दुवै बालिकाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्