दाङ्गमा गाडीको ठक्करबाट गम्भिर घाईते भएका चौधरीको मुत्यु



टेकबहादुर पुन/दाङ्ग
जिल्लाको लमहीमा गाडीको ठक्कर बाट गम्भीर घाईते भएका तेजसिङ्ग चौधरीको बिहीबार बिहान मृत्यु भएको छ ।

चितवन भरतपुर अस्पतालमा उपचारका क्रममा बिहान करिब १० बजे उनको मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।

लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्ज निवासी ४० बर्षिय चौधरीलाई पश्चिमबाट पुर्ब तर्फ आउँदै गरेको ना ५ ख ७५७६ नम्बरको मिनिट्रकले बुधवार ठक्कर दिएको थियो ।

टाउकोमा गम्भीर चोट लागेका चौधरीलाई लमही अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल हुँदै चितवन रेफर गरिएको थियो । उनको चितवनको भरतपुर असपतालमा मृत्यु भएको हो ।

गाडी र चालक भने प्रहरीको नियन्त्रणमा रहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलियाले जानकारी दिनुभयो । साथै मुद्दा चलाउने तयारी थालिएको प्रहरीको भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्