जेष्ठ, २३
मनसुन सक्रिय हुनेक्रम नजिकिन थालेपछि अचानक बढेको गर्मीलाई केही राहत मिल्ने भएको छ । अबको केही दिनमा मनसुन नेपाल प्रवेश गर्ने भएको छ । चारदिनमा मनसुन नेपाल प्रवेश गर्ने र आजैदेखि पश्चिम नेपालमा पानी पर्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सामान्यतया जुन १० बाट मनसुन सुरु भएको मानिन्छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार शर्माले बङ्गालको खाडीबाट मनसुनी हावा पश्चिमी तथा उत्तरी क्षेत्रमा बहन सुरु गरिसकेको जानकारी दिनुभयो । त्यो हावा भुटानसम्म आइपुगेको र आउँदो दुईतीन दिनभित्रै नेपाल प्रवेश गर्ने उहाँले जानकारी दिनुभयो । गएराती नेपालका पूर्वदेखि पश्चिमका क्षेत्रमा वर्षा भएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।