आजको मौसम : सुदूरपश्चिमबाहेकका क्षेत्रमा भारी वर्षा



काठमाडौं / ०३ साउन।
अहिले देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइहेको छ। मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालभर मनसुनी वायु को प्रभाव छ ।

साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग देखि केही दक्षिण तिर अवस्थित छ। देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ।


आगामी २४ घण्टामा देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

त्यस्तै राती देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरुमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र प्रदेश ५ का एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्