स्थानिय तहको सिफारिसले नै जिल्ला प्रशासन कार्यालय नुवाकोटको सेवा लिन सकिने




नुवाकोट, साउन ५
स्थानीय तह वा वडा कार्यालयबाट जिल्ला प्रशासन कार्यालय नुवाकोटमा सिफारिस भै आएको विषयमा जिल्ला प्रशासन कार्यालयबाट सेवा लिदा थप निवेदन दिईरहनु नपर्ने भएको छ ।

जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा गृह मन्त्रालयबाट सरुवा भई आएका झंक ढकालले सेवाग्राही जनसमुदायको सुविधा र हितलाई मध्यनजर गर्दै सरल र सहज रुपमा सेवा प्रदान गर्ने उदेश्यले उक्त कार्यको सुरुवात गरेका छन् ।

प्रशासन कार्यालयले स्थानीय तह वा वडा कार्यालयबाट सिफारिस भै आएको विषयमा कार्यालयबाट सेवा लिन थप निवेदन दिइरहनु नपर्ने वा निवेदन आवश्यक नपर्ने व्यवस्था गरेको प्रजिअ ढकालले बताए । स्थानीय तह वा वडा कार्यालयबाट सिफारिस लिइ प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुले हुलाक टिकट र स्थानीय तह वा वडा कार्यालयको सिफारिस लिइ सीधै कार्यालयको प्रशासन शाखा वा सम्बन्धित शाखामा सम्पर्क गर्न प्रजिअ ढकालले सम्पूर्ण जिल्लावासिलाई अनुरोध गरेका छन् ।

कानून र प्रकृयाको पालना गरौं, पालो पर्खी सेवा लिने बानी बसालौं, सामाजिक र भौतिक दूरी कायम गरौं, मास्क लगाउँ, सेनिटाइजर प्रयोग गरौं र कोरोनाको जोखिम कम गर्न समेत जिल्ला प्रशासन कार्यालय नुवाकोट सबैमा अनुरोध गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्