राखेप सदस्य सचिवका लागि तीन जनाको नाम सिफारिस



काठमाडौं /०७ साउन।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवका लागि सिफारिस समितिले रमेश कुमार सिलवाल, लिल बहादुर थापा मगर र अन्जु श्रेष्ठको नाम सिफारिस गरेको छ।

बुधबार सदस्य सचिव सिफारिस समितिले युवा तथा खेलकुद मन्त्री समक्ष तीन जनाको नाम सिफारिस गरेको हो।

सिफारिस भएका सिलवाल निवर्तमान सदस्य सचिव हुन् भने थापा मगर नेकपाका केन्द्रीय सदस्य हुन्। यता महिला सदस्यबाट सिफारिस भएका अन्जु राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान हुन्।

६ पटकसम्म बैठक बसेर तीन जनाको नाम सिफारिस गरेको स्रोतले जनाएको छ । तीनै जनाको नाम आज मात्रै मन्त्री समक्ष पुगेको छ ।

अब बस्ने मन्त्रिपरिषद्ले तीन जनामध्ये एक जनालाई राखेप सदस्य सचिवमा नियुक्ति गर्नेछ। सदस्य सचिवका लागि २७ जनाले मन्त्रालयमा आवेदन बुझाएका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्