भुवन केसीद्वारा १० करोड क्षतिपूर्ति माग गर्दै साम्राज्ञी विरुद्ध मुद्दा दायर



काठमाडौँ /०९ साउन ।
निर्माता, निर्देशक एवं सदाबहार अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेका छन् ।

अभिनेता एवं निर्देशक केसीले शुक्रबार १० करोड रुपैयाँ क्षतिपूर्ति माग गर्दै अभिनेत्री शाहविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।

अभिनेता केसीको निवेदनमा आफूलाई अभिनेत्री शाहले बेइज्जत गरेको उल्लेख गरेका छन् ।

जानकारी अनुसार विभिन्न पत्रपत्रिका, अनलाइन र युट्यूवमा अभिनेत्री शाहले आफूलाई यौन दूव्र्यवहारको मिथ्या आरोप लगाएर बेइज्जत गरेको भन्दै अभिनेता केसीले मुद्दा दर्ता गरेका हुन् ।

विगत केही समय अघिदेखि अभिनेत्री शाहले ‘ड्रिम्स’ फिल्ममा काम गर्ने क्रममा आफू दुव्र्यवहारको शिकार हुनुपरेको बताएकी थिइन् । हालसम्म ८ वटा फिल्ममा काम गरेकीमध्ये तीन वटा फिल्ममा नराम्रो अनुभव भोग्नुपरेको अभिनेत्री शाहले बताएकी थिइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्