आजको मौसम : भारी वर्षाको सम्भावना



हरीश बम,कैलाली /१० साउन।
आज दिनभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभावका कारण थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ। साथै नेपालको दक्षिण भागमा न्युन चापीय क्षेत्र रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्