बाल क्लबले बदलिएको बिद्यालय संस्कार



सैघाली खबर
दाङ,२८ मंसिर

अहिले प्राय बिद्यालयमा बाल क्लब गठन गरिएका छन् । बाल क्लब गठन भएसंगै बिद्यालयमा धेरै खालका परिबर्तनहरु आएका छन् । पहिले बिद्यालयको सिकाई उपलब्धीमा पनि बाल क्लबको भुमिका महत्वपुर्ण हुने गरेको छ । बाल क्लब गठन भएपछि बिभिन्न संघसंस्थाले बाल श्रम शोषण, यौन शोषणजस्ता बिषयमा सचेतना कार्यक्रमहरु गरे ।

त्यसबाट महिलाहरु, बालिकाहरु कसरी बिभिन्न प्रलोभनमा फस्न बाध्य हुन्छन्, भन्ने जानकारी क्लबका सदस्यहरुले जानकारी पाउने गरेका छन् । त्यसबाट बालबालिकामा हुने शोषण न्युनिकरण गर्नुका साथै बालविवहा न्युनिकरण गर्न सफल भएका छन् । ‘पहिले बालबिबहा पनि हुने गरेका थिए’ बालकल्यान आधारभुत बिद्यालय पेदामा गठित बाल क्लबका अध्यक्ष प्रतिभा वलीले भनिन्‘ अहिले क्लब गठन भएपछि हामीले सबै बिद्यार्थी र गाउमा पनि बाल विवहाले हुने समस्याका बारेमा जानकारी गराउने गरेका छौं, यसबाट बाल विवहा अन्त्य हुने गरेका छन् ।

 

क्लब गठन भएपछि आफ्नो भबिष्य प्रतिपनि गम्भीर बन्न थालेका छन् । बाल क्लबमा बसेर केही गर्न पाए धेरै कुरा जान्न र बुझ्न सकिने कुरा उनले ठम्याई छ । उनले अन्जानमा हुने गल्तीबाट बच्न र सशक्त नागरिक बन्न सकिने कुरा बुझिन् । क्लब गठन भएसंगै अधिकांस बिद्यार्थीहरुको जीवनले नयाँ मोड लिएको छ । उनी अहिले बालश्रम बेच्न पठाउन तयार रहेको घरपरिवारलाई सम्झाउन सक्ने भएकी छन् । समाजका अरु अभिभावकलाई, आफूजस्तै बालबालिकालाई सम्झाउन सक्ने भएकी छन् ।

 

भविष्यमा राम्रोसँग पढेर आफ्नो परिवार र समाजको निम्ति केही काम गर्ने सोचका साथ अगाडि बढीरहेकी छिन् । अहिले उनी नियमित रुपमा विद्यालय जान्छिन् । बालमैत्री स्थानीय शासन लागू भएका दाङका बालबालिकाको व्यक्तित्वमा यसरी नै परिवर्तन भएको छ । पेदा आधारभुत बिद्यालयका प्रधानध्यापक ओपेन्द्र केसीले भने ‘ ‘बिद्यालय तहमा बाल क्लब गठन भएपछि बालबालिकाहरु धेरै बिषयमा जानकार भएका छन् । कक्षागत सिकाईसँगै बाहिरी दुनियासँग उनीहरुको सम्बन्ध मजबुत भएको छ ।’

 

समुदायमा वातावरणीय शिक्षाको बिकास ( सीड) तुलसीपुरले विद्यालयका बालबालिकालाई विभिन्न क्रियाकलापमा सहभागी बनाउने उद्देश्यले विद्यालयस्तरीय बाल क्लबहरू गठन गरेको छ । सहरी क्षेत्रका तुलनामा पश्चिम दाङका बिद्यालयहरुमा बालक्लबहरु गठन गरिएको छ ।

 

बाल क्लब गठन भएसंगै अहिले बिद्यार्थीहरुले स्थानीय तहमा बालबालिकाका लागि कति बजेट आउँछ, बालबालिकाका लागि कस्ता खालका कार्यक्रम जिल्लामा सञ्चालन भईरहेका छन्, भन्ने कुराको जानकरी पाउने गरेकी छिन् । ‘क्लबमा नहुँदा स्थानीय तहमा कति रकम आउँछ भन्ने थाहा थिएन, तर अहिले नियमित बैठकहरुमा जान थालेपछि हाम्रो पनि अधिकार रहेछ भन्ने थाहा भयो ।’

 

स्थानीय बालअधिकारको अभियानकर्ता नानिमैया वलीले बालअधिकार महासन्धि कार्यान्वयनलाई प्राथमिकता दिएर बालअधिकार प्रवर्धनका क्षेत्रमा बाल क्लबले महत्वपूर्ण योगदान दिएको बताईन् । हाम्रो सामाजिक संरचनाका कारण बालबालिकाका कुरा सुन्ने र उनीहरूलाई सम्पत्ति ठान्ने वा तह लगाएर राख्नुपर्छ भनेर मान्ने मानसिकतामा भएका कारण बालबालिकाको सहभागिताको अधिकार पूर्ण रुपमा उपभोग हुन नसक्ने भन्दै उनले भनिन् ‘यसैले सबैभन्दा पहिले बालबालिकालाई व्यक्ति मान्ने र उनीहरूको पनि आफ्नो इच्छा हुन्छ, बालबालिका पनि निर्णय लिन समर्थ हुन्छन् र उनीहरूको आफ्नो अलग्गै व्यक्तित्व हुन्छ भन्ने स्वीकार गर्नु आवश्यक छ ।’

 

बाल क्लब भएपछि बालबालिका विकास र शासनमा सहभागी भएको उनले बताईन् । परिवार, समाज र राज्यले बाल अधिकारको सम्मान गर्ने संस्कृतिको विकास हुन आवश्यक रहेको उनको भनाई छ । यसैबीच सीड तुलसीपुरले पश्चिम दाङका बिभिन्न बिद्यालयमा सञ्चालन गरेको कार्यक्रमको मंगलबार अनुगमण गरिएको छ । जिल्ला समन्वय समितिका संयोजक जितमान नेपाली, दाङका शिक्षा अधिकारी रमेश मैनाली, महिला बिकास कार्यालय दाङका प्रतिनिधि, जिल्ला कृषि बिकास कार्यालय दाङका प्रतिनिधि, जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रतिनिधि, सीडका अध्यक्ष भागिराम चौधरी, बालअधिकारकर्मी नानिमैया वली, कार्यक्रम संयोजक माधव चौधरी, कोषाध्यक्ष राममोती चौधरी, कार्यक्रम अधिकृत निर्मला महतारा, पत्रकारलगायतको टोलीले अनुगमण गरेको हो ।

 

सीडले कार्यक्रम सञ्चालन गरेको बाल कल्यान आधारभुत बिद्यालय शान्तिनगर २ पेदा, मदरसा प्राबि ज्याउलउलाम, आदर्श आधारभुत बिद्यालय, शिबशक्ति माबिमा अनुगमण गरिएको हो । अनुमगणका क्रममा सीडले सञ्चालन गरेका सम्पुर्ण कार्यक्रमहरु प्रभाबकारी रुपमा सञ्चालन भएको पाईएको हो । सीडले अहिले बाल क्लब स्थापन तथा परिचालन, शिक्षक क्षमता अभिबृद्धि, शिक्षा ऐन, नियमावलीका बारेमा जानकारी, बिद्यालयलाई बिभिन्न भौतिक पुर्बाधार तथा आर्थिक सहयोग गर्दै आएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्