एसइईको नतिजा मंगलबारसम्ममा प्रकाशन गर्ने तयारीमा परीक्षा बोर्ड



काठमाडौं / १७ साउन ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष एसइईको परीक्षाको नतिजा आगामी मंगलबारसम्ममा प्रकाशन गर्ने भएको छ ।

परीक्षाको नतिजा प्रकाशित गर्नको लागि धमाधम तयारी गरिरहेको बोर्डले जनाएको छ ।

बोर्डले सकेसम्म आगामी सोमबार र ढिलामा मंगलबारसम्ममा एसइई परीक्षाको नतिजा प्रकाशित हुने सम्भावना रहेको जनाएको छ ।

एसइई नतिजा वेबसाइट, एसएमएस र आइभीआरमार्फत हेर्न सकिने बोर्डले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

एसएमएस र आईभीआरका लागि नेपाल टेलिकम र एनसेलमा १६००मा एसएमएस पठाउन सकिने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्