पर्साका सांसद प्रदीप यादवलाई काेराेना संक्रमण



काठमाडौं / १७ साउन ।
जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई काेराेना पाेजेटिभ देखिएकाे छ। संसद अधिवेशन अन्त भएपछि वीरगञ्ज पुगेका यादव संक्रमित भएका हुन्।

आफूलाई काेराेना पाेजेटिभ भएपछि यादवलले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्ताे जानकारी गराएका हुन्।

उनले आफ्नो पिसीआर जाँच गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउएका छन्। साथै आफ्नो स्वास्थ्यमा कुनै समस्या नदेखिएको र आफूलाई आइसुलेट गरेर अहिले आराम गरेको बताएका छन्।

सांसद यादवले काेराेना नियन्त्रणका लागी सीमामा आवतजावतमा राेक लगाउन सरकारसँग माग गरेका छन्। उनले सामाजिक संजालमा लेखेका छन्, ‘आदरणीय दाजुभाइ दिदिबहिनी! सम्मानीय प्रधानमन्त्रीज्यूलाई मैले पत्र प्रेषित गर्दै, वीरगञ्जमा बढ्दो कोरोना संक्रमणको अवस्थाका बारेमा अवगत गराउनुका साथै वीरगञ्ज क्षेत्रमा ५ सय सैयाको अस्पताल, विज्ञ टोली पठाउने, समुदायमा जाँचको दायरा बढाउनका लागि साधन र जनशक्ति उपलब्ध गराउन र सीमामा आवतजावत रोक्न माग राखेको छु। उताबाट सकारात्मक संकेत पनि प्राप्त भएको छ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्