महिलामाथि अभद्र व्यवहार गर्ने शिक्षकलाई नेकपाले दियो २० दिन बाटो खन्ने सजाय



बैतडी । सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले बैतडीमा एक शिक्षकलाई सजायस्वरुप २० दिन बाटो खन्न उर्दी जारी गरेको छ । पुर्चौडी नगरपालिका–३ स्थित भवानी माध्यमिक विद्यालय न्वालाका शिक्षक राजेन्द्र बोहराले विद्यालयका छात्रा र स्थानीय महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा उनलाई यस्तो सजाय गरिएको हो । उनलाई कालोमोसो दलेर उठबस समेत गराइएको छ ।

सो पार्टीका बैतडी इन्चार्ज किरण र सेक्रेटरी परिवर्तनले विज्ञप्ति प्रकाशित गरी शिक्षक बोहराले न्वादेउ साँफेबजारमा मदिरा सेवन गरी छात्रा र महिलामाथि अभद्र व्यवहार गरिएको देखिएपछि कारवाही गरिएको सार्वजनिक गरेका छन् । विज्ञप्तिमा शिक्षक बोहरालाई कालोमोसो दलेर उठबस गराई २० दिन विद्यालयदेखि साँफेबजारसम्म २० दिन बाटो निर्माण गर्ने कारवाही गरिएको उल्लेख गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्