प्याब्सन र एनप्याब्सनसँग एनसेलको सहकार्य



काठमाडौं / १८ साउन ।
एनसेलले निजी तथा आवासीय विद्यालय संघ (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन)सँग सहकार्य गरेको छ ।

कोरोना भाइरसको महामारीका कारण विद्यालयहरू बन्द भई अध्ययन अध्यापनमा असर परिरहेको अवस्थालाई दृष्टिगत गर्दै अनलाइन कक्षा तथा सिकाइका लागि आकर्षक मासिक योजनासहित सहकार्य गरेको एनसेलले बताएको छ ।

यो योजना अनलाइन कक्षाका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्ने एनप्याब्सन र प्याब्सनको समझदारीका आधारमा ल्याएको हो ।

सहकार्यले विद्यार्थी, शिक्षक–शिक्षिका र विद्यालयलाई मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्ने उद्देश्य लिएको बताइएको छ ।

एनसेलको मासिक योजनामा विद्यार्थी तथा शिक्षक–शिक्षिकाले भ्वाइस, डेटा र एसएमएसको बन्डल सेवा प्राप्त गर्ने छन् ।

विद्यार्थीले करबाहेक मासिक रू. २५० मा अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गुगल मिट र माइक्रोसप्ट टिम्स प्रयोगका लागि २० जीबी डेटा, १ जीबी थ्रीजी–फोरजी डेटा, २ जीबी फोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा प्राप्त गर्ने बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्