प्रदेश सरकार गठन बारे फोरम राजपा बीच छलफल



सैघाली खबर
काठमाडौं,२८ मंसिर


प्रदेशसभा सदस्य निर्वाचन प्रत्यक्ष तर्फ प्रदेश नम्बर २ मा बहुमत सिटमा विजय हासिल गरे सँगै मधेस गठबन्धनमा आबद्ध संघीय समाज वादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी प्रदेश सरकार निर्माण सँगै पार्टी एकताको कसरतमा जुटेका छन् ।

स्थानीयतह निर्वाचनमा प्रदेश २ मापाएको मतले हौसिएका फोरम र राजपा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन बनाएर मैदानमा उत्रिएकाथिए ।

यो गठबन्धनलाई प्रदेशसभामा प्रत्यक्ष तर्फ प्रस्ट बहुमत प्राप्त भएको छ । प्रत्यक्षतर्फ ६४ सिट रहेको यस प्रदेशमा मधेस गठबन्धनले ३५ सिट जितेको छ ।

समानुपातिक निर्वाचन तर्फको परिणाम भने आइसकेको छैन । जनादेशको कदरगर्दै दुवै दलका शीर्ष नेताएकताकोपक्षमा सकारात्मक र गम्भीर देखिएका छन् । तर संघिय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादवले  दुई नम्बर प्रदेशमा सरकार गठन बारे जुनसुकै दलसँग सहकार्य गर्न आफुहरु खुल्ला रहेको बताउनुभयो ।

उहाँले अहिले सम्मकुनै दल सँग यस विषयमा छलफल नभए पनि राजपा सँग मिलेर सरकार बनाउने सम्भावना रहेको बताउनुभयो । तर केन्द्र सरकारमाआफुहरु सहभागी हुने नहुने भन्ने निर्णय सँगै प्रदेश सरकारमा आफुहरु कुन दल सँग मिल्ने भन्ने विषय टुंगो लाग्ने यादवले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्