सैघाली खबर
काठमाडौं,२८ मंसिर
निर्वाचनमा भोगेको पराजय सँगै नेपाली कांग्रेस भित्र नेतृत्व माथि टिका टिप्पणी शुरु भएको कतिपययुवा नेताहरुले कांग्रेसको पराजयको जिम्मेवारी शिर्ष नेताहरुले लिनु पर्ने बताएका छन् ।
तर शिर्ष तहका नेताहरुले पराजय कै कारण नेतृत्वको आलोचना गर्नु उपर्युक्त नभएको बताएका छन् । कांग्रेस नेताआनन्द प्रसाद ढुंगानाले हार जित स्वभाविक भएकाले नेतृत्व परिवर्तनको कुरा उठाउनु सान्दर्भिक नभएको बताउनुभयो ।
कांग्रेस भित्र केहि कमिकमजोरी रहेपनि, छलफल गरि व्यवस्थापन गरेर जान सकिने उहाँले बताउनुभयो । तर कांग्रेस नेताधनराज गुरुङले शिर्ष नेताहरुले आफ्नो कार्यशैली बारे समिक्षा गर्दै दोस्रो पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने सहि समयको आएको बताउनुभएको छ ।
सरकारको नेतृत्वगरिरहेको दलको यति ठुलो पराजय स्वभाविक नभएकाले नेतृत्व माथि प्रश्न उठ्ने उहाँले बताउनुभयो । उहाँले कांग्रेसको अबयुवा नेताको काँधमाआउनु पर्ने समेत बताउनुभयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।