काठमाडौंमा थप ६२ जनामा कोरोना संक्रमण



काठमाडौं / २० साउन।
आज काठमाडौं उपत्यकामा ६२ जना कोरोना संक्रमति थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४८, ललितपुर १ र भक्तपुर १३ जनामा कोरोना संक्रमण देखिएको हो।

काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ५४१, ललितपुरमा १०९ र भक्तपुरमा ७७ पुगेको छ। योसँगै उपत्यकामा कुल संक्रमितको संख्या ७२७ पुगेको छ।

देशभर कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्