तुलसीपुरमा ६ लाख बराबर चोरी



सैघाली खबर
दाङ,२९ मंसिर


तुलसीपुरको एक घरमा चोरी भएको छ । तुलसीपुर ५ निबासी हरि प्रशाद भुषालको घरबाट नगत तथा गरगहना गरी करिब ६ लाख बराबरको चोरी भएको हो ।

तुलसीपुरको ब्यस्त बजार ‘ख’ लाईनमा रहेको उनको घरको दराज फोडेर नगद ५० हजार सहित गरगहना चोरी भएको प्रहरीले जनाएको छ ।

भुषालका अनुसार सुनका बिभिन्न गरगहना गरी ६ तोला, १२ वटा सिक्का र दुई वटा वाला गरी २० तोला चाँदी चोरी भएको हो ।

चोरी भएका गहनाहरुमा एक तोलाको २ वटा वाला, कालो माला १ तोला, झुम्का १ तोला, औठी ३ वटा, टप ४ वटा चोरी भएको भुषालले बताए । चोरी गर्नेको पहिचान हुन नसकेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्