काँग्रेस र वाम गठबन्धन बीच नयाँ सरकार गठन प्रक्रियामा विवाद



सैघाली खबर
काठमाडौं,२९ मंसिर


नेपाली काँग्रेस र वाम गठबन्धन बीच नयाँ सरकार गठनमा विवाद देखिएको छ । राष्ट्रपति कार्यालयमा अड्किएर बसेको राष्ट्रिय सभा निर्वाचन अध्यादेश जारी हुन ढिलाइ भएपछि दलह रूआरोप प्रत्यारोपमा उत्रिएका हुन् ।

प्रधानमन्त्री चयनमा प्रतिनिधि सभा र राष्ट्रिय सभादुवै चाहिने – नचाहिने र दुवै सदनमा महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चितगर्नुपर्ने- नपर्ने विषयमा दलहरुको कुरा मिल्न सकेको छैन ।

हिजो प्रधानमन्त्री शेरबहादुर देउवा सँग भएको भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेशको बारेमा दलीय सहमति जुटाउन आग्रह गर्नु भएको थियो ।

संविधानमा राष्ट्रिय सभामा महिला प्रतिनिधित्व सुनिश्चित गरि सकेको अवस्थामा महिलाको समानुपातिक प्रतिनिधित्वका लागि राष्ट्रिय सभा कुर्न नपर्ने वाम गठबन्धन आबद्ध दलको तर्क छ ।

नेपाली कांग्रेस भने राष्ट्रपति समक्ष पेस भएको अध्यादेश जस्ताको तस्तै पारित गरी राष्ट्रिय सभा गठनपछि मात्र प्रधानमन्त्री निर्वाचन हुनु पर्ने पक्षमा छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्