गायक सशान कंडेलको भजन गित “हर हर महादेव” सार्वजनिक (भिडियोसहित)



चितवन / २१ साउन ।
पछिल्लो समय भजनमा रमाइरहेका गायक सशान कंडेलको नयाँ भजन सार्वजनिक भएको छ ।

कंडेलको ‘हर हर महादेव’ बोलको शिव भजन आज (बुधबार) सार्वजनिक भएको हो । सार्वजनिक शिव भजनको शब्द जिएस पौडेलले लेखेका छन् ।

भजनमा गायक कंडेलले नै संगीत भरेका छन् भने राजेन्द्र बजगाईको संगीत संयोजन रहेको छ । गीतको भिडियोलाई कंडेलले नै निर्देशन गरेका हुन् ।

सुरज खनाल र निरन्जन कंडेलले छाँयाकन गरेको भिडियोलाई बिकास दाहालले सम्पादन गरेका हुन् । भिडियोमा अर्जुन सापकोटा, सन्जु पाठक, मनिषा कंडेल, देव एलोन, शर्वनी पाण्डे, इतिशा तिवारीलगायतको अभिनय छ ।

गायक कंडेलले यस अघी पनि भजन सार्वजनिक गरेका थिए । उनको हरेराम हरे कृष्ण एकदिन त जाने हो संसार छोडेर र हरेराम हरे कृष्ण २ हरिबोल बोलको भजन निकै चर्चित छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्