विश्वभर १ करोड ८९ लाखबढीमा कोरोना संक्रमण, ७ लाख ११ हजारको मृत्यु



काठमाडौं / २२ साउन।
विश्वभर १ करोड ८९ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ७० हजार ५४५ जना संक्रमित भएका छन् ।

योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८९ लाख ७० हजार ८३७ पुगेको हो ।

कुल संक्रमितको ६० प्रतिशतभन्दा बढी निको भएका छन् ।

बिहीबार बिहानसम्म १ करोड २१ लाख ६० हजार ६७५ जना निको भएका छन् ।

यस्तै एकै दिन ६ हजार ८३० जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ ।

योसँगै मृत्यु हुनेको संख्या ७ लाख ११ हजार १०८ पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्