प्रहरी प्रधान कार्यालयका थप १० जनामा कोरोना पुष्टि



काठमाडौं / २२ साउन।
प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको पिसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार संक्रमित प्रहरीलाई अस्पताल लैजाने तयारी भइरहेको छ ।

योसँगै प्रहरी हेक्वार्टरमा संक्रमितको संख्या ८५ पुगेको छ । मुलुकभर नेपाल प्रहरीका ३१९ जना अधिकारी संक्रमित छन् ।

तीमध्ये ११९ जना निको भएर काममा फर्किसकेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्