कैलालीको घोडाघोडी नगरपालिकामा थप ११ जनामा कोरोना पुष्टि



कैलाली / २२ साउन ।
कैलालीको घोडाघोडी नगरपालिकामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंमा भएको परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो संगै घोडाघोडीमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ ।

घोडाघोडी नगरपालिकाको वडा नं ३ मा ३ जना, वडा नं ६ मा २ जना, वडा नं १ मा १ जना , वडा नं ९ मा २ जना र वडा नं ८ मा ३ जना गरि ११ जनाको कोरोना पुष्टि भएको घोडाघोडी नगरपालिकाका सिनियर अहेव अधिकृत मीन बहादुर धामिले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्