वीर अस्पतालमा कार्यरत डाक्टरमा कोरोना पुष्टि



काठमाडौं / २२ साउन।
काठमाडौंको वीर अस्पतालमा कार्यरत एक चिकित्सकलाई कोरोना पुष्टि भएको छ।

इन्टरनल मेडिसिन विभागमा कार्यरत चिकित्सकलाई कोरोना पुष्टि भएको अस्पताल स्रोतले जानकारी दिएको छ।

हाल उनी सोही अस्पतालको आइसोलेसनमा रहेका छन्।

यसअघि बुधबार र मंगलबार अस्पतालमा उपचाररत ३ बिरामीलाई कोरोना पुष्टि भएको थियो।

डाक्टर र बिरामीलाई कोरोना पुष्टि भएपछि अस्पतालमा कार्यरत केही स्वास्थ्यकर्मी क्वारेन्टिनमा रहेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्