पाटन अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु



काठमाडौँ / २३ साउन।
ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।

बिहीबार साँझ ४५ वर्षीय एक कोरोना संक्रमितको उपचारको क्रममामृत्यु भएको हो।

वीरगन्जबाट काठमाडौं आएका उनको स्टार अस्पतालाम उपचर भइरहेको थियो ।

सोही क्रममा उनलाई कोरोनाको संक्रमण रहेको पुष्टि भएपछि पाटन अस्पतालमा सारिएको थियो ।

पाटन अस्पताल स्रोतका अनुसार ती मृतकमा उच्च रक्तचाप, मधुमेह तथा मुटुरोग समेत थियो।

उनलाई शनिबार पाटन अस्पतालमा सारिएको स्रोतले जानकारी दियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्