न्युरोडका कपडा व्यापारीमा कोरोना देखिएपछि पसल तथा कार्यालय सिल



काठमाडौँ / २३ साउन।
व्यापारीमा कोरोना देखिएपछि न्युरोड क्षेत्रका केही पसल तथा कार्यालयहरु बन्द हुने भएका छन् । कपडाको व्यापार गर्दै आएका दुई जना व्यापारीमा शुक्रवार कोरोना संक्रमण पुष्टि भएको हो।

काठमाडौं महानगरपालिका वडा २२ वडाअध्यक्ष चीनीकाजी महर्जनले सूचना जारी गर्दै बन्द गर्न निर्देशन दिएका हुन् ।

न्युरोडको उत्तरी क्षेत्रमा रहेका पसलहरु तथा कार्यलहरु बन्द गर्ने विषयमा वडा समिति सदस्य, व्यापारी, स्थानीय संघसस्थाका प्रनिनिधिहरुबीच भएको सहमतिअनुसार पसल तथा कार्यालय बन्द गर्ने निर्णय गरिएको हो।

काठमाडौं महानगरपालिका वडा नम्बर २२ अन्तर्गत व्यापार गर्ने केही व्यापारीमा कोरोना संक्रमण देखिएकाले अन्य व्यपारीको पीसीआर रिपोर्ट नआएसम्म बन्द गरिने छ। ‘केही व्यपारीमा कोरोना पुष्टि भयो। त्यसैले बाँकी अरुको पीसीआर रिपोर्ट नआएसम्मको लागि बन्द गर्न लागिएको हो,’ वडाअध्यक्ष महर्जनले भने।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्