सर्वोच्च अदालतमा अत्यावश्यक बाहेकका सेवा अझै केही दिन बन्द



काठमाडौँ / २३ साउन।
कोरोना संक्रमणको दर बढ्दै जाँदा अदालतमा अत्यावश्यक बाहेकका सेवाहरु अझै केही दिन स्थगन हुने भएका छन् ।

सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले कोरोनाको बढ्दो सक्रमणका कारण केही दिन अत्यावश्यक बाहेकका सेवा अझै स्थगन हुने जानकारी दिए ।

बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाई, रिट निवेदनको दर्ता र सुनुवाई तथा अन्तरिम आदेश छलफल, पुनरावेदन निवेदन दर्ता, थुनुवा रहेका मुद्दा, निवेदनको सुनुवाई, मिलापत्र-मुद्दा फिर्ता, पुनरावलोकनको मुद्दा सुनुवाईलगायतको कामकारवाहीलाई प्राथमिकीकरण गरी सुनुवाई गरिने ढकालले बताए ।

यी कार्य गर्दा पनि कोरोनाबाट जोगिन आवश्यक थप शतर्कता अपनाइने जनाइएको छ । कोरोनाका कारण बन्दाबन्दी घोषणा भएपछि अत्यावश्यक सेवा प्रवाह गर्दा इजलाशसमा समेत सामाजिक दूरी कायम गरिएको थियो ।

सेवाग्राहीलाई सीमित संख्यामा अदालत प्रवेश गर्न दिइने र उनीहरुको ज्वरो नाप्नेदेखि मास्क अनिवार्य गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्