पर्सामा मेयरसहित थप ५२ जनामा कोरोना पुष्टि



वीरगन्ज / २४ साउन।
वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालाको शनिबार बिहान आएको रिपोर्टमा पर्साका मेयर सहित ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराका २ जना र सर्लाहीका १ जनामा पनि संक्रमण भेटिएको हो ।

शनिबार बिहान संक्रमण पुष्टि भएका पर्साका ५२ जना मध्ये पर्साको बहुदरमाइ नगरपालिकाका मेयर, उक्त नगरपालिकाका विभिन्न स्वास्थ्य चौकीमा कार्यरत ९ स्वास्थ्यकर्मी र सर्वसाधरण गरि २५ जना छन् ।

यस्तै पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १० का ६ जना , वडा नम्बर ११ र १६ का ४÷४ जना , वडा नम्बर १२ का २ जना , वडा नम्बर ३ ,४, ७ , ९ का १÷१ जना र १ जना सेनामा पनि शनिबार बिहान संक्रमण पुष्टि भएको हो ।

शनिबार ५२ जना थपिएसंगै पर्सामा संक्रमितको संख्या ९४५ पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्