चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क हुन विभागको आग्रह



काठमाडौं / २६ साउन।
आज देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।

विभागका अनुसार बिहान देशका अधिकांश भूभागमा समान्य देखि पूर्ण बदली रही सावटै प्रदेशका केही स्थानमा बर्षा भएको छ ।

त्यस्तै आज दिउसो प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै आज राति बागमती प्रदेश, प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा सडक तथा हवाई यातायात प्रभावित हुने भन्दै सतर्क हुन विभागले भनेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्