मंगलबार आठ सयले सुनको मुल्य घटयो,चाँदीको मूल्य बढ्यो



काठमाडौँ / २७ साउन।
सुनको मुल्यमा मंगलबार ८ सय रुपैयाले घटेको छ ।

आज मंगलबार ८ सय घटेर सुन प्रतितोला १ लाख १ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महांसघले जनाएको छ।

सोमबार छापावाला सुन प्रतितोला १ लाख २ हजार ६ सय रुपैयामा कारोबार भएको थियो।

त्यस्तै,आज तेजावी सुन प्रतितोला १ लाख १ हजार १ सय रुपैयामा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदी प्रतितोला ४० रुपैयाँ बढेर १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्