राष्ट्र बैकको निर्देशन मान्दैनन घोराहीका प्राइभेट बैंकहरु

लगातार १० घण्टा काम गर्छन सुत्केरी महिला


बप्पु शर्मा, घोराही दाङ ।

श्रम ऐन २०७४ मा रोजगारदाताले श्रमिकलाई प्रतिदिन आठ घण्टा र एक हप्तामा अठ्चालीस घण्टाभन्दा बढी समय हुने गरी काममा लगाउन पाइने छैन भन्ने ब्यबस्था गरिए पनि दाङका प्राइभेट  बैंकहरुले  सरकारको यो नियमलाई ठाडै उलंघन  गरेका छन । अझ श्रम ऐनले  श्रमिकलाई लगातार पाँच घण्टा काम गरेपछि आधा घण्टा विश्रामको समय दिनु पर्ने काम रोक्न नहुने तथा लगातार काम, चलाइरहनु पर्ने भएमा श्रमिकलाई त्यस्तो विश्रामको समय आलोपालो गरी दिनु पर्नेछ ब्यबस्था गरेको छ।

रोजगारदाताले श्रम ऐन २०७४ दफा २८ को उपदफा (१) मा उल्लिखित समयभन्दा बढी समय हुने गरी श्रमिकलाई काम गर्न बाध्य पार्नु हुदैन  भने पनि जिल्लाका क वर्गका नाम चालेका ग्लोबल आइ एम यी, सिदार्थ बैक लगाएतले बिहान ९:३० बजे देखि सांझा ८ बजे सम्म प्राय कर्मचारी काम गर्न बाध्य पारेको  नाम नलेख्ने सर्तमा एक बैंक कर्मचारी भन्नु भयो” कर्मचारी कम छन, काम सकिदैन अनि प्राय रात पर्छ अझ हिसाब मिलेन भने त झनै राति हुन्छ ”  म्यानेजर सरहरु त समयमै घर जानुन्छ तर अन्य कर्मचारी काम नसकिदा सम्म जान मिल्दैन”

“बैकहरु दिनमा  दिनमा १० -११ घण्टा काममा गाईएको  भन्ने सुचना हामीले पाएका छौं, अब हामि सचेत बनाउने काम गर्दैछौं मानव अधिकार संच्जाल दाङका अध्यक्ष केशब  पोख्रेलले भन्नु भयो” लक डाउन पहिला सिडियो लाई जानकारी गराएको अब थप पहलगरि कडा कारबाही गर्न भूमिका खेल्ने उनको भनाइ छ । “अबको केहि समयमै सरोकारवाला संग गम्भीर छलफल गर्ने योजना रहेको उनि बताउछन ”

उता बिगतमा यस  बिषयमा नेपाल  राष्ट्र बैंकले पटक पटक   निर्देशन दिएकोले कुनै बैंकले ८ घण्टा भन्दा बडी बिना पारिश्रमिक काम लगाउँन नपाउने नेपाल  राष्ट्र बैंकलका प्रबक्स्ता एब शुचना अधिकारि  गुनाकर भट्ट  बताउनु भयो “रोजगारदाताले कुनै श्रमिकलाई दफा २८ को अधीनमा रही निर्धारण गरेको कार्य समयभन्दा बढी समय काममा लगाउनु परेमा प्रतिदिन चार घण्टा र एक हप्तामा चौबीस घण्टाभन्दा बढी नहुने गरी लगाउन सकिनेछ  तर रोजगारदाताले श्रमिकलाई दफा ३० बमोजिम बढी समय काममा लगाउँदा नियमित रुपमा काम गर्दा पाउने आधारभूत पारिश्रमिकको डेढी पारिश्रमिक दिनु पर्ने ब्यबस्था रहेको छ तर काम गर्न बाध्य पार्न  मिल्दैन,नियम बिपरित गरेको प्रमाणित भए  कानुन अनुसार कार्बाही हुने उनि बताउछन ।

यता श्रम ऐन २०७४ बिपरित कार्य भएको भए अब सबै बैंकलाई सच्चाउन लगाउने बैकर्स कल्ब कल्ब घोराहीका अध्यक्ष पदम कुमार केसीले बताउँनु भयो, “हामी आफ्नो बैंकमा अतिरिक्त समय काम लगाउन पुर्ब कर्मचारी सित स्वीकृति लियर अतिरिक्त रकम प्रदान गरेर मात्र काम गाउने गरेका छौ र राति भए अफिसले घर छोड्ने ब्यबस्था मिलाएको छ “। अब सबै बैंक लाई यो नियम पालना गर्न पहल  हुन्छ त भने प्रस्नमा उहाँको जवाफ स्पस्ट आउँन सकेन ।

 महिला कर्मचारी लाइ समस्या

बैकंमा प्राय महिला कर्माचारी हुने हुँदा  राति सम्म अफिस मा बस्नुपर्दा गाह्रो हुने महिला कर्माचारीहरु बताउछन यो ” राति घर जान समस्या हुन्छ, अझ एक्लै घरजान सुरक्षित नहुने, मानसिक पिडा भोज्नु परेको उनिहरु  बताउछन, जागिर छोड्न पनि नसकिने गर्न पनि समस्या भएको छ ”  उता श्रम ऐन २०७४ ले सूर्यास्त भएपछि वा सूर्योदय हुनुभन्दा अघि कार्य समय प्रारम्भ वा समाप्त हुने गरी महिला श्रमिकलाई काममा लगाउँदा कार्यस्थलमा आउन तथा कार्यस्थलबाट फर्की जान रोजगारदाताले यातायातको आवश्यक व्यवस्था मिलाउनु पर्नेछ ब्यबस्था गरेको भए पनि कुदै पनि बैंकले दाङमा यस्तो ब्यबस्था गरेको छैनन ।

 लगातार १० घण्टा काम   गर्छन सुत्केरी महिला

प्राय बैंकहरु  महिला मैत्री  समेत छैनन  स्थलगत अध्यनमा कुनै पनि बैंक मा स्तनपान कक्षको ब्यबस्था गरेको  छैन भने  ऐन अनुसार सुत्केरि महिला लाई बिशेष सुबिधा छैन, सुत्केरी महिला आबस्यकता अनुसार स्तनपान समेत गराउन नपाएको गुनासो गर्छन। श्रम ऐनमा सुत्केरी महिला लाई आमाले स्तनपान गाराउने समय सम्म विशेष सुबिधा दिने कुरा उल्लेख गरिएको छ ।

 

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्