दाङमा काँग्रेसद्वारा स्वास्थ्य सामाग्री बितरण, खुकुलो लकडाउनले महामारी बढ्न सक्ने



टेकबहादुर पुन
साउन २७

दाङ । संविधान सभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले सरकारले गरेको लकडाउन बिना योजना खोल्नाले झन कोरोना खतरा बढ्न सक्ने बताउनु भएको छ ।

निश्चित योजना बिना खोलिएको लकडाउनले महामारी रुप लिन सक्ने भन्दै चौधरीले आफै सचेत बन्नुपर्ने अबस्था आएको धारणा राख्नुभयो ।
दाङको लमहीमा नेपाली काँग्रेस क्षत्र नम्बर १ ले स्वास्थ्य सामाग्री बितरण कार्यक्रमको जानकारीका लागी आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य चौधरीले यस्तो बताउनु भएको हो ।

चौधरीले कोभिड-१९ बाट जनतालाई जोगाउन अहिलेको शक्तिसाली सरकार सँग कुनै किसिमको योजना नरहेको समेत ठोकुवा गर्नुभयो ।
देशको प्रधानमन्त्री जस्तो प्रमुख ब्यक्तिले जग हंसाई लज्जास्पद कुरा गरेको भन्दै चौधरीले बेसार पानी र हलुको कुराले जनता र देशको रक्षा नहुने तर्क गर्नुभयो । ‘सरकारले जनताको आँसु पुछ्न सक्दैन, जनताको रक्षा गर्न सक्दैन चौधरीले भन्नुभयो-जनताले अब पुनर्बिचार गर्नुपर्ने अबस्था आएको छ ।’

सोही अबसरमा महामारी परिस्थितिमा पनि सरकार पक्षबाट प्रत्यक्ष जनता सँग जोडिएर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई उल्लेख्य मात्रामा स्वास्थ्य सामाग्री दिन नसकिरहेको अबस्थामा आफ्नो कार्यक्षत्र भित्र नेपाली काँग्रेस क्षत्र नम्बर १ दाङले स्वास्थ्य सामाग्री बितरण गरेको जनाएको छ । गत २२ गतेदेखी शुरु गरेको स्वास्थ्य सामाग्री हस्तानतरण कार्यक्रम २५ गते सकिएको हो ।
क्षत्र नम्बर १ ले विभिन्न निकायबाट सहयोग स्वरुप सँकलित करिब १० लाख भन्दा बढी स्वास्थ्य सामाग्रीहरु बितरण गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको थियो ।
क्षत्र नम्बर १ ले जिल्लाका जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र आफ्नो क्षत्राधिकार भित्रपर्ने ३० वटा सँघसँस्थामा बितरण गरिएको क्षत्र नम्बर १ का क्षत्रिय सभापती भेषराज पाण्डेयले जानकारी दिनुभयो । दुई तिहाई सरकार सँग कोरोना सँग लड्न कुनै ठोस योजना नरहेकाले असफल सरकार सँग कुनै अपेक्षा राख्न नसकिने र स्वास्थ्य तथा सुरक्षाकर्मीको उच्च मनोबल बृद्दीका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको सभापती पाण्डेयको भनाई छ ।

यसअघी क्षत्र नम्बर १ ले प्रत्यक गाउँ, नगरपालिकामा सचेतना पत्र सहित सरसफाईलाई प्राथमिकतामा राखी मास्क र साबुन बितरण गरेको थियो । त्यस्तै जिल्लाका घोराही उपमहानगर पालिका, लमही नगरपालिका, राप्ती, गढवा र राजपुर गाउँपालिकामा समान रुपमा २५ हजारका दरले १ लाख २५ हजार रुपैया पालिका राहात कोषमा जम्मा गरेको थियो ।
विभिन्न क्वारिनटिन तथा आईसोलेसनमा रहेका बिरामी हरुलाई फलफुल बितरण, विभिन्न पालिका हरुमा समानुपातिक रुपले स्वास्थ्य सामाग्री बितरण गरेको थियो । क्षत्र नम्बर १ ले अहिले गरेको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रम चौथो चरण अन्तरगत पर्दछ । यसअघी सरकार पक्ष या अन्य राजनितिक दल हरुबाट यस्ता कार्यक्रमहरु सम्पन्न गरेका खबर हरु सार्बजनिक छैनन् ।

कोरोना महामारी परिस्थितिमा सरकार बाट चालिएका कदमहरु भरपर्दा र आशा लाग्दा नभएको र स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा पनि भ्रष्टचारको गन्ध आएकाले स्वास्थ्य सामाग्री बितरण गरिएको बिज्ञप्तीमा उल्लेख छ । साथै बिदेशिएका नेपालीलाई फर्काउने बिषयमा उदासिन रहनु, जिम्वेवार ब्यक्तिबाट हलुका, आधारहिन र भद्दा किसिमका अभिब्यक्ति दिई जग हसाउँनु, परिक्षणको दायरा बढाउन नसक्नु, सञ्चालित क्वारिनटिन हरु ब्यबस्थित गर्न नसक्नु जस्ता कार्यहरुले उदेक लाग्दो र बिश्वासहिन अबस्था निर्माण गरेको क्षत्र नम्बर १ दाङका सभापती भेषराज पाण्डेय द्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्