ए. बि. सि. डि. एकेडेमी कला केन्द्रको अडिसन दाङमा सम्पन्न



सैघाली खबर

दाङ,१ पुस


दाङको घोराहीमा उत्कृष्ट नृत्य प्रतियोगिता अडिसन समपन्न भएको छ । ए बि सि डि एकेडेमी कलाकेन्द्र काठमाडौं द्धारा आयोजना गरीएको उक्त कार्यक्रममा जज् नृत्यागना तथा कोरीयोग्राफर विकास नेपाली र फिल्म कोरियोग्राफर प्रमोद भण्डारी रहनुभएको थियो ।
अडिसन राउड चार भागमा विभाजन गरिएको छ भने दाङबाट पहिलो चरणको अडिसनमा तिस जना सहभागी मध्य छ जना पहिलो अडिसनमा छानिएका छन् ।

जस्मा र्सिजना रावल ,सरिता नेपाली , किरण कँवर मगर, राजेश तामाङ, दिपा रोका मगर, अनु वली रहेका छन् ।नृत्य प्रतियोगिताको फाइनल यहि माघ मसान्तमा हुने कार्यक्रम संयोजक प्रमोद कुमार भण्डारीले जानकारी दिनुभएको छ भने उत्कृष्ट प्रथम प्रतियोगीले एक लाख, दोस्रो प्रतियोगीले तिस हजार र तेस्रो प्रतियोगीले पन्ध्र हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्