हालसम्म विदेशमा अलपत्र साढे ५१ हजार नेपालिको उद्धार



काठमाडौं / ३१ साउन ।
कोरोना भाइरसका कारण सिर्जित समस्याका कारण समस्या तथा अलपत्र परेका नागरिकलाई उद्धार गर्ने क्रम जारी छ।

जेठ अन्तिम साताबाट उद्धार थालिएकामा हालसम्म ५१ हजार ४ सय ४१ जना स्वदेश फर्किएको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले जनाएको छ।

सिसिएमसीका अनुसार उद्धार गरिएकामध्ये प्रदेश १ का १० हजार ८ सय ८३, प्रदेश २ का ८ हजार ५ सय ६ र बागमती प्रदेशका १४ हजार २ सय ५७ जना रहेका छन्।

त्यस्तै, गण्डकीका ६ हजार ७ सय १, प्रदेश ५ का ८ हजार ५ सय ९८, कर्णालीका १ हजार १ सय ७७ र सुदूरपश्चिमका १ हजार ३ सय १९ जना रहेका छन्।

उनीहरूलाई चार्टर्ड विमानबाट नेपाल ल्याइएकामा खर्चको व्यवस्थापन स्वयं व्यक्तिले गरेका थिए।

सिसिएमसीका अनुसार उद्धार गरिएकामध्ये सबैभन्दा बढी युएईबाट १४ हजार ३ सय १४ रहेका छन्। भदाै १ गतेबाट दाेस्राे चरणको उद्धार हुँदैछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्