चर्को घाममा काममा लाउने कतारका ६७ कम्पनीलाई कारबाही



काठमाडौं / ०१ भदौ।
चर्को घाममा समेत श्रमिकलाई काम लगाउने कतारका ६७ कम्पनी कारबाहीमा परेका छन् ।

कतारको प्रशासनिक विकास तथा सामाजिक मन्त्रालयले गरेको निरीक्षणमा विभिन्न ६७ कम्पनीले श्रमिकलाई स्वास्थ्य सुरक्षाका उपायविना नै चर्को घाममा काम लगाएको पाइएपछि कारबाही गरेको हो ।

मन्त्रालयले जुलाई १६ देखि अगष्ट १३ तारिखसम्म निरीक्षण ६७ वटा कम्पनी कारवाहीमा परेका जनाएको छ । यसअघि पनि विभिन्न चरणमा मन्त्रालयको निरीक्षणमा धेरै कम्पनीहरु कारवाहीमा परिसकेको जनाइएको छ ।

सन् २००७ को कतार सरकारको मन्त्रिपरिषद बैठकको निर्णय १६ अनुसार जुन १५ देखी अगस्ट ३१ सम्म बिहान ११:३० बाट बेलुका ३ बजे सम्म अत्याधिक गर्मी हुने भएकाले श्रमिकहरूलाई बाहिर काममा लगाउन निषेध गरिएको छ ।

कतारमा करिव ३ लाख ५० हजार नेपाली कार्यरत रहेका छन् । जसमध्ये करिव ८० प्रतिशत नेपाली निर्माणको क्षेत्रमा काम गर्दै आएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्